free website hit counter

ट्रम्पको ट्वीटले चीन आक्रोशित

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

एजेन्सी । चीनबाट शुरु भएको कोरानाको आतंक विश्वव्यापी भएको छ । यसले अरवौंको आर्थिक नोक्सानी बनाएको छ भने सारा संसारलाई ठप्प प्राय बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड– १९ भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै टिप्पणी गरेपछि चीनले त्यसको कडा भर्त्सना गरेको छ । सोमवार राष्ट्रपति ट्रम्पले चिनियाँ भाइरसबाट प्रभावित उद्योगहरूलाई अमेरिकाले सहयोग गरिरहेको भन्दै ट्वीट गरेका थिए । ट्रम्पको टिप्पणी आपत्तिजनक भएको भन्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले यसलाई शीतयुद्धकालीन मानसिकता भएको आरोप लगाएका छन् । प्रवक्ता गेङ सुआङले भनेका छन्, शीतयुद्धकालीन मानसिकताका कारण अमेरिकाले यथार्थ तथ्यलाई विकृत बनाएको छ । ट्रम्पको भनाइले चीनको प्रविधि र उद्योगको वृद्धि र व्यापार सहयोगलाई अमेरिकाले कमजोर बनाउन खोजेको छ । यसअघि अमेरिकी सहायक विदेश सचिव क्रिस्टोफर फोर्डले पनि चीनविरुद्ध यस्तै टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार