free website hit counter

ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने

beemaadmin
२०८० फाल्गुन १५, मंगलवार

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ जारी गर्ने वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ९ गतेका लागि १२ औं साधारण सभा डाकेको हो । उक्त सभा होटलकै सभाकक्षमा दिनको चार बजे आयोजना हुनेछ । उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनुका साथै पूँजी संरचना परिवर्तन,प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा बैंक तथा वित्तीय संस्थाबाट चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी ऋण लिने तथा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा कम्पनीको अधिपूँजी संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आव २०७९÷८० को वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार