free website hit counter

डब्लूएचओप्रति अझै रिसाए ट्रम्प

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि विश्व स्वास्थ्य संगठनमाथि रिस पोखेका छन् । ट्रम्पले आफूले जे सोचेको ठ्याक्कै त्यस्तै नै भएको बताउँदै यस्तो रिस देखाएका हुन् । उनले एउटै कुरा पुनः दोहोराउँदै भने, ‘कोरोनाभाइरसको संक्रमणका लागि मैले चीनका लागि अमेरिकी सीमा बन्द गर्ने घोषणा गर्दा यो निर्णयको व्यापक आलोचना गरियो । अन्य देशले विश्व स्वास्थ्य संगठनमाथि विश्वास गरे जुन अत्यन्त दुःखदायी हो । ती देशहरुले संगठनलाई विश्वास गरेर कुनै प्रतिबन्ध लगाएनन् । अब तपाईंहरुले देख्नुभएको छ कि इटली, स्पेन र फ्रान्समा के भइरहेको छ । भयानक गल्ती भएको छ र सायद उनीहरुलाई यो कुरा राम्रोसँग थाहा होला । ट्रम्पले विश्व स्वास्थ्य संगठनको भूमिकामाथि प्रश्न उठाउँदै मंगलबार अमेरिकाले प्रदान गर्दै आएको रकम रोक्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार