free website hit counter

ड्युटीका डाक्टरमाथि कुटपिट गर्नेमाथि कारबाही थालियो

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

काठमाडौँ । डाक्टरहरुमाथि प्रहरीले गरेको कुटपिटका विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुखसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि अस्पतालमा खाना खाएर फर्कने क्रममा अभद्र व्यवहार गर्नुका साथै डा. खनाललाई कुटपीटसमेत भएको थियो ।
प्रहरीले यसबारे छानबिन गर्न वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी रहेको छानबिन समिति गठन गरेको छ । साथै, घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्ष उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइ कार्यालयबाट झिकाइएको छ । त्यस्तै, घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई पनि कार्यालयमा झिकाई आवश्यक छानविन कार्य भइरहेको जनाइएको छ ।
कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट तथा हातपात गर्नेलाई १ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना भाइरसको उपचारमा खटिने डाक्टर, नर्स प्राविधिक स्वास्थ्यकर्मीलाई हातपात गर्ने, ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरे सरह कारबाही गर्ने चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो ।

सम्बन्धित समाचार