free website hit counter

तपाईंलाई थाहा छ, बीमामा प्रयोग हुने यी शब्दको अर्थ

beemaadmin
२०७६ माघ १२, आईतवार

 

जोखिम हस्तान्तरण गर्ने एक मात्र माध्यम बनेको बीमा व्यवसाय एउटा प्राविधिक व्यवसाय हो । यस व्यवसायमा छुट्टै शब्दहरुको प्रयोग हुन्छ । यहाँ प्रयोग हुने प्राविधिक शब्द र त्यसको अर्थलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

 

ADB- Accidental Death Benefit- (दुर्घटना मृत्यु लाभ)– यो भनेको ADB लिएको अवस्थामा दुर्घटनाबाट मृत्यु भएमा दिइने अतिरिक्त सुविधा हो ।

AB (Accidental Benefit) यसको अर्थ दुर्घटना लाभ हुन्छ ।

APL (Automatic Premium Loan) यसलाई स्वतः उपलब्ध हुने बीमा लेखअन्तर्गतको ऋण सुविधा बुझिन्छ ।

DOC (Date of commencement) यसलाई बीमा प्रारम्भ मिति र जोखिम वहनको सुरुवात भनिन्छ ।

DOD (Date of Death) यसलाई मृत्यु भएको मिति भनिन्छ ।

FPR (First Premium Receipt) बीमा स्वीकार गरी बीमकले लिएको प्रथम बीमा शुल्कको रसिद ।

EMR (Extra Mortality Rate) यसलाई अतिरिक्त मृत्युदर भनिन्छ ।

FUP (First Unpaid Premium बीमा लेख जारी भइसकेपछि नबुझाएको बीमा शुल्क ।

FYRP (First Year Renewal Premium) यो भनेको प्रथम वर्षको नवीकरण बीमा शुल्क हो ।

IBNR (Incurred But not Reported)  घटना घटिसक्दा पनि बीमकलाई जानकारी नभएको ।

MHR (Moral Hazard Report) नैतिक जोखिम प्रतिवेदन ।

LTI (Life Time Income) आजीवन आम्दानी । ADB अन्तर्गत उपलब्ध हुन्छ ।

PAD (Policy Anniversary Date) बीमा लेख लिएको वार्षिकोत्सव मिति ।

NB (New Business) नयाँ बीमा लेखको व्यापार वा नयाँ व्यवसाय ।

OR (Ordinary Rate) बीमकले तोकेको सामान्य बीमा शुल्क दर ।

PTD (Permanent Total Disability) पूर्णरूपमा भएको व्यक्तिको स्थायी अशक्तता ।

PWB (Premium Waiver Benefit) बीमा शुल्क छुट सुविधा, जसअन्तर्गत बीमितले प्रस्तावकको मृत्यु भएमा बीमा शुल्क तिर्नुपर्दैन र बीमा समाप्ति मितिपश्चात् बीमाङ्क रकम र आर्जित मुनाफासहित बीमितले प्राप्त गर्दछन् । यस प्रकारको बीमा लेख सुविधा नाबालिग बालबच्चामा प्रायः लागू गरिन्छ ।

FUP (Paid Up Policy) (चुक्ता बीमाङ्क) बीमा लेख नियमित सञ्चालनमा नरहेको र कम्तीमा दुई वर्षको बीमा शुल्क भुक्तान गरिसकेको स्थितिमा निकालिन्छ ।

RP (Renuwal Premium) नवीकरण बीमा शुल्क जुन मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक कुनै पनि हुन सक्दछ ।

SA (Sum Assured) बीमाङ्क रकम यो भनेको बीमितले कति रकमको बीमा गरेको हो भन्ने बुझिन्छ ।

RPR (Renuwal Premium Receipt) बीमा लेख नवीकरण गर्दा बीमा शुल्क बुझाएको रसिद वा प्रमाण ।

WOP (Waiver of Premium) बीमा शुल्क छुट रकम प्रायः बीमकहरूले ठूलो रकमको बीमा प्रस्ताव स्वीकार गर्दा र वार्षिक बीमा शुल्क तिर्दा, अन्य आवधिक रूपमा बीमा शुल्क तिर्दा वा बीमा शुल्क छुट सुविधा ।

TPD (Total Permanent Disability)  यो PTD जस्तै हो, जसलाई पूर्ण स्थायी अशक्तता, जसलाई जिउँदो लास भनिन्छ । यसमा दुर्घटनावश हुने पूर्ण अशक्तता, जसले कुनै पनि काम गर्न सक्दैन र आम्दानी गर्न सक्दैनन् ।

Insured (बीमित) जीवन बीमा शुल्क बुझाई बीमा लेख प्रमाणपत्र प्राप्त व्यक्तिलाई बीमित भनिन्छ ।

सम्बन्धित समाचार