free website hit counter

तयारी पोशाक उत्पादकलाई मेगाको कर्जा

beemaadmin
२०७७ चैत्र १, आईतवार

काठमाडौं । नेपालका उद्योग धन्दालाई अगाडि बढाउन होस्टेमा हैसे गर्न अघि बढेको मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो । मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम ब्यवसाय संचालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ ।
यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ । मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार