free website hit counter

तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने सिटिजन्स बैंकको प्रस्ताव पारित, यस्तो छ शेयर अनुपात

beemaadmin
२०७७ माघ १५, बिहीबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको बिहिबार बसेको छैठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९६ कित्ता शेयर (१ : ०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाले भने तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनलले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंकको विशेषरवार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनललाई तिनाउ मिसन डेभलपमेण्ट बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

एक महिनाभित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिदैं डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरे ।

माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार