free website hit counter

तीन दिनभित्र हुन्छ अर्को ऐतिहासिक मर्जर : हिमालयन र इन्भेस्टमेन्ट बैंक गाभिँदै

beemaadmin
२०७८ बैशाख १२, आईतवार

काठमाण्डौ । अबको तीन दिनभित्र अर्को ऐतिहासिक मर्जर हुने भएको छ । नेपाल राष्ट्र बैंकले लिएको वित्तीय संस्थाहरुको मर्जरको नीतिअनुरुप देशका दुइ ठूला वित्तीय संस्था हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जर प्रक्रियालाई मंगलबारसम्ममा औपचारिक सहमति गर्ने तयारी भएको छ। दुवै बैंकबीच बराबरी सेयर स्वाप अनुपातमा जाने सहमति भइसकेको हो।

यसअघि टीआर उपाध्याय अकाउन्टिङ फर्मले इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयन बैंकको १०२.५० पैसा सेयर स्वाप रेसियो निर्धारण गरिसकेको छ भने हिमालयन बैंकका वर्तमान प्रमुख कार्यकारी (सिइओ) अशोक राणालाई नै मर्जरपछिको बैंकमा मुख्य प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि निरन्तरता दिइनेछ ।

Advertisement
Advertisement

यसैगरी इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे दोस्रो वरियतामा बस्ने सहमति भइसकेको छ। मर्जरपछि बैंक सञ्चालक समिति अध्यक्ष इन्भेस्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुनेछन्। अहिलेसम्मको सहमतिअनुसार आगामी मंगलबारसम्म दुवै बैंकबीच मर्जरको औपचारिक सम्झौतामा हस्ताक्षर हुने सम्भावना प्रबल रहेको स्रोत बताउँछ।

Advertisement
Advertisement

सम्झौताको दुई महिनापछि सम्पूर्ण प्रक्रिया सकेर एकीकृत कारोबार गर्ने योजना रहेको दुवै बैंकको छ। हाल दुवै बैंकका कर्मचारीहरु व्यवस्थापन र सुदृढ बैंकिङ सेवा प्रवाह गर्ने विषयमा दुवै बैंकका अधिकारीहरुबीच छलफल भइरहेको स्रोत बताउँछ। इन्भेस्टमेन्ट र हिमालयनको पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ। दुई बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले विशेष चासो दिइरहेको छ। केन्द्रीय बैंकले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आएको छ।

सम्बन्धित समाचार