free website hit counter

तीनवटा प्रदेशलाई एशियन लाईफ इन्स्योरेन्सले दियाे ५/५ लाख

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

काठमाडौं । मुलुकलाई संकट पर्दा आफ्नो आफ्नो दायित्व सम्झिएर एशियन लाईफ इन्स्योरेन्सले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई ५÷५ लाख रुपैयाँ दिने निर्णय अनुसार रकम हस्तान्तरण कार्य भइरहेको छ । इन्स्योरेन्सले सातवटै प्रदेश सरकालाई ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि प्रदान गर्ने निर्णय बमोजिम रकम हस्तान्तरण गरिरहेको हो ।
कम्पनीले १३ औं वर्ष प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गर्ने निर्णय भएको थियो ।


सोही निर्णय बमोजिम कम्पनीले प्रदेश १ सरकारलाई रु. ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । कम्पनीको तर्फबाट विराटनगर शाखा प्रबन्धक सुजन भण्डारी ज्यूले प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईलाई बिहीबार रु. ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।


यसैगरी, गण्डकी प्रदेश सरकारलाई पनि रु. ५ लाखको चेक हस्तान्तरण गरिएको छ । कोरोना रोग रोकथाम तथा उपचारको लागि गण्डकी प्रदेश सरकारको अभियानमा सहयोग पु¥याउनको लागि सो रकम हस्तान्तरण गरिएको बताइएको छ । एशियन लाईफको तर्फबाट पोखरा शाखा प्रबन्धक बद्रीनाथ पौडेलले प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बिहीबार चेक हस्तान्तरण गर्नुभएको हो ।


उता, कर्णाली प्रदेश सरकारलाई रु. ५ लाखको चेक हस्तान्तरण भएको छ । एशियन लाईफको तर्फबाट सहायक महाप्रबन्धक विजय पराजुलीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित समाचार