free website hit counter

तेह्रथुम पावरको आइपीओ भदौ ९ गतेदेखि खुल्ने

beemaadmin
२०७८ श्रावण ३२, सोमबार

काठमाण्डौ । हाइड्रो पावरले शेयर बजारमा तहल्का मच्चाइरहेको बेला तेह्रथुम पावर कम्पनी लिमीटेडले आगामी भदौ ९ गतेदेखि रु. ८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । भदौ ९ गतेदेखि खुल्ने आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ । कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।

बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ । यो कम्पनीले ७।५ मेगावाटको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

सम्बन्धित समाचार