free website hit counter

तोलामा १५ सय मूल्य बढ्यो सुन

beemaadmin
२०८१ आश्विन ४, शुक्रबार

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार