काठमाडौं । उतार चढाव भइरहेको सुनको भाउ भदो ३१ गते, घटेको छ। बिहीबार सुन तोलामा ७०० रूपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सुनको भाउ तोलामा ६०० रूपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रूपैयाँमा खरिदबिक्री भएको थियो।
चाँदीको मूल्य भने लगातार तेश्रो दिन पनि स्थिर रहेको छ। बिहीबार चाँदी मंगलबार र बुधबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २०० रूपैयाँ कायम रहेको छ।