free website hit counter

दर्लमडाँडामा भीआईपी जम्मा पारेर भव्य महोत्सव

beemaadmin
२०७६ पुष १७, बिहीबार

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा अवस्थित दर्लमडाँडामा प्रथम दर्लम महोत्सवको आयोजना गरिएको छ । बगनासकाली गाउँपालिकाको समन्वयमा बगनासकाली गाउँपालिका वडा नं. ५ को आयोजनामा गत हप्ता आयोजित उक्त महोत्सवमा दशौं हजार दर्शकहरुको उपस्थिति रहेको बताइएको छ ।

स्थानीय बासिन्दा एवं कलाकार नबिन पौडेलको अग्रसरतामा आयोजित उक्त महोत्सवमा बगनासकाली गाउँपालिकाले पनि विशेष सहयोग गरेको थियो । सो गाउँपालिकामा जन्मिएर मुलुकका विभिन्न विधा र ओहोदामा पुगेका विशिष्ट व्यक्तित्वहरुको जमघटले महोत्सवलाई उल्लासमय बनाएको थियो । गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालका अनुसार भ्रमणवर्ष २०२० लाई लक्षित गरेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश तथा बगनासकाली गाउँपालिकामै जन्मिएका खिलराज रेग्मी, सोही गाउँपालिकामा जन्मिएका अन्य विशिष्ट व्यक्तित्वहरु वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एवं उद्योगपति गणेश अधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिब हरिप्रसाद बस्याल, उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, संघीय सांसद सोमप्रसाद पाण्डे, वरिष्ठ कलाकार राजेश हमाललगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिले गर्दा महोत्सवको गरिमा बढेमा आयोजक सन्तुष्ट छन् ।

सो कार्यक्रममा बगनासकालीभित्र रहेका आमा समुह, क्लबका झाँकी, कला सस्कृती झल्काउने विभिन्न स्टल रु, खानाका परिकारहरु, साँस्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । शनिबार सम्पन्न दुई दिने उक्त महोत्सव पहिलो आयोजना भएको र आगामी दिनमा निरन्तरता दिने आयोजकहरुले बताएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार