free website hit counter

दर्शनार्थीलाई एलआईसी नेपालको निःशुल्क पानी र भोजन

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । देवादीदेव शिवजीको उपासना गरेर मनाइने पर्व धुमधामका साथ मनाइरहेको छ । सबैजसो शिवालयहरुमा भक्तजनको घुइचो लागिरहेको छ । पवित्र पशुपतिनाथ क्षेत्रमा लाखौं दर्शनार्थी दर्शनको क्रममा छन् भने लाखौंले दर्शन पाइसकेका छन् ।
नेपालमा दोस्रो स्थानमा रहेर जीवन बीमा व्यवसाय गर्दै आएको एलआईसी नेपालले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । एलआईसी नेपालका सिईओ लक्ष्मीप्रसाद दास, कम्पनी सचिव बिनोदकुमार भुजेल सहभागी भएर पानी तथा भोजन वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज दिनभरि नै भक्तजनहरुलाई सेवा प्रदान गरिने एलआईसी नेपालले जनाएको छ । कम्पनी सचिव तथा सूचना अधिकारी भुजेलका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको मन्दिरमा भक्तजनहरुलाई सेवा प्रदान गरिएको हो । विगत आठ वर्षदेखि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पानी तथा भोजन खुवाउँदै आएको एलआईसी नेपालले आज करिब छ हजार जनालाई पानी तथा भोजन खुवाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार