free website hit counter

दशैंको मुखमा सुनको मूल्यले रेकर्ड बनायो

beemaadmin
२०८० कार्तिक २, बिहीबार

काठमाडौं । दशैंको मुखमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ। जुन नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। त्यसयता घटेको मूल्य फेरि बढ्न थालेको हो। बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो। बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन्। आज चाँदीको भाउ एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार