free website hit counter

दिनदिनै सयौं थपिनु सहज अवस्थाको संकेत होइन

beemaadmin
२०७७ जेष्ठ २६, सोमबार

काठमाडौं । दिनदिनै सयौं कोरोना संक्रमित थपिँदा पनि सामान्य लागे पनि अवस्था जटिल बन्दै गएको छ । पहिले एक दुई जना संक्रमित थपिँदा आतंकित भएको समाज अहिले दुई तीन सय संक्रमित थपिँदा पनि आतंकित बनेको छैन । तर
पूर्व तयारी बिनाको यो अवस्थाले भोलि भयावह अवस्था नआउला भन्न सकिने अवस्था छैन । सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नयाँ प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । उनीहरूमध्ये १४ जनाको मृत्यु भएको छ भने ४ सय ८८ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो । त्यसक्रममा ३ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म पीसीआर टेस्टको संख्या १ लाख ९ सय ७१ पुगेको छ ।
दिनदिनै सयौं संक्रमित पहिचान हुनु सकारात्मक पक्ष हो । पहिचान भएकाको उचित उपचार हुन सक्यो भने संक्रमण फैलिने क्रम रोकिन सक्छ । तर पूर्व तयारी बिना यति धेरै संक्रमित थपिँदै जाँदा नेपालले धान्न सक्ने अवस्था नआउन पनि सक्छ । त्यसका लागि सरकारले अझ दरिलो तरिकाले तयारी थाल्न जरुरी भइसकेको छ ।

सम्बन्धित समाचार