free website hit counter

दुई अर्बभन्द बढीको स्वास्थ्य सामग्री ल्याउँदै सेना

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

काठमाडौं । चौतर्फी विरोध बढेपछि औषधि आयातको जिम्मेवारी पाएको नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ। चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउन सो सम्झौता गरेको हो। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको जानकारी गराए। करिब ३ सय ४० टन स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइने उनको भनाई छ। यसअघि ओम्नी ग्रुपसंगको सम्झौता खारेज गर्दै सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार