काठमाण्डौ । दुई वटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४.५१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २६४.५१ रुपैयाँमा आईपीओ निष्कासन गर्न गत पुस १२ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । त्यस्तै अन्नपूर्ण केबलकारले अंकित मूल्यमै ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न गत पुस १६ गते सेबोनमा निवेदन दिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । यी दुवै कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।