free website hit counter

दुई छिमेकीको डिजीटल वार

beemaadmin
२०७७ असार १९, शुक्रबार

काठमाडौं । लद्दाख घटनापछि दुई छिमेकी चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । यही घटनाका विषयलाई लिएर भारतले चीन विरुद्ध डिजीटल युद्ध छेडेको छ। सोमबार चीनमा बनेका र चीनसँग सम्बन्धित ५९ वटा एप्स बन्द गर्न भारत सरकारले टेलीकम्युनिकेसन कम्पनीहरुलाई निर्देशन दिएको हो । भारतको उक्त निर्णयपछि विश्व चर्चित मोबाइल एप्स टिकटकमा समेत भारतमा प्रतिबन्ध लागेको छ । यस्तै सेयरइट,जेन्डर,भीमेट,स्वस्ट सेल्फी सहितका ५९ वटा एप्स अब भारतमा चलाउन पाइने छैन । सार्वभौम सुरक्षाकालागि ती एप्सहरु खतरापुर्ण रहेको भन्दै गृहमन्त्री अमित शाहले ती एप्स प्रतिबन्ध गर्ने निर्णयलाई सदर गरेका थिए । त्यसलगत्तै मोबाइल सेवा प्रदायकहरुलाई भारतले एप्स बन्द गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार