काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले दुई वटा माइक्रो इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष पुण्यप्रसाद पराजुली र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष बेगम के.सी.लाई अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा दुवै माइक्रो इन्स्योरेन्स कम्पनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्राधिकरणले नवनियुक्त अध्यक्षहरूलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै माइक्रो बीमा क्षेत्रको विस्तार, सुशासन र सेवाको प्रभावकारिता अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।