free website hit counter

दुई संक्रमित पनि सामान्य, आईसोलेसनमा १३ जना

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं । सरकारको उच्च सतर्कताकै कारण कोरोना संक्रमणले नेपालमा उग्ररुप देखाउन पाएको छैन । संक्रिमत भनिएका दुई जना पनि सामान्य अवस्थामै रहेका छन् भने १३ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुलाई टेकु अस्पतालको आईसोलेनसमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमण पुष्टि भएका दुई जनाको अवस्था सामान्य रहेको र उनीहरु टेकु अस्पतालको आइसोलेनमा रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा मात्रै पोजेटिभ देखिएको बताए । त्यसमा पनि एक जना निको भएर घर फर्किसकेको देवकोटाले बताए । यस्तै देवकोटाका अनुसार टेकु अस्पतालमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ । जसमध्ये टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालको आइसोलेनमा ३ जना रहेका छन् । यसैगरी राजधानीका बाहिरका संघ र केन्द्र मातहका अस्पतालका आइसोलेनमा पनि केही व्यक्ति रहेको जानकारीमा आएपनि एकिन तथ्यांक आउने क्रममा रहेको देवकोटाले जानकारी दिए । मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा वितेको २४ घण्टामा ६ हजार २०० भन्दा बढी कल आएको छ । जसमा कोरोनाको उपचारसँग सम्बन्धित विभिन्न जिज्ञासाका साथै विभिन्न स्थानीय तहमा विदेशबाट आउने मानिसहरु सेल्फ क्वारेन्टाइनमा नबसेको भन्नेलगायत रहेका छन् । यस्तै केहीलाई सामान्य खोकी लागेकाले कोरोनाको टेस्ट गराउनु पर्ने कि नपर्ने भन्नेजस्ता जिज्ञासा पनि आएका छन् । मन्त्रालयले स्वासप्रश्वासको समस्याका साथै ज्वरो देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थानमा जान सुझाएको छ ।
यसैबीच आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको परीक्षण हुन लागेको पनि मन्त्रालयले जनाएको छ । यस्तै पश्चिमका अन्य अस्पतालमा पनि पहल भइरहेको देवकोटाले बताए । देवकोटाले चिकित्सको स्वास्थ्य सुरक्षामा आफूहरु गम्भीर रहेको भन्दै अहिले भएको स्टक पीपीईले काम चलाइएको र सोमबारसम्म थप पीपीईलगायतका आवश्यक सामग्रीहरु नेपाल आइसक्ने पनि विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार