free website hit counter

दुई हजार अंकबाट पनि तल झर्यो शेयर बजार

beemaadmin
२०८० फाल्गुन १३, आईतवार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । साताको पहिलो दिन आज बजार २६.८१ अंकले तल झरेको हो । १।३३ प्रतिशतले बजार घटेसँगै नेप्से १९७९.०२ अंकमा आइपुगेको छ । आज ३१७ कम्पनीका ८५ लाख ८६ हजार ९ सय ३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७०.५१ रुपियाँ बराबरको कारोबार भएको हो । समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजुमा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाएका हुन् । त्यस्तै समाज लघुवित्त, मोलुङ हाइड्रो, सामलिङ पावर, बलेफी हाइड्रो र जोशी हाइड्रोका लगानीकर्ताहरुले घाटा व्यहोरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड १८ लाख १२ हजार २ सय ४२।२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार