free website hit counter

देशभर हिमपात र वर्षा : आइतबारबाट मात्रै मौसम सुध्रिने

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमडौँ । दुई तातेको तापक्रम फेरि चिसिन पुगेको छ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ ।

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको बताइएको छ । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

शनिबार दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ। रातीदेखि भने देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

सम्बन्धित समाचार