काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले चैत १९ गते देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको हो । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त फाराम भने कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं वा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमजुङमा पाइनेछ । सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिने बताइएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपियाँ रहेकोमा हकप्रद निष्कासन र बाँडफाँटपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपियाँ कायम हुनेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।