free website hit counter

धितोपत्र बोर्डको अध्यक्ष आज नियुक्त हुनसक्ने

beemaadmin
२०८१ मंसिर १०, सोमबार

काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आज नियुक्ति हुनसक्ने सम्भावना रहेको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नेछ। मंसिर ९ गते, आइतबार, बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरिसकेको स्रोतले बताएको छ। स्रोतका अनुसार समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाफा सिफारिस गरेको छ। यी तीनजना मध्ये एक जनालाई आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने सम्भावना रहेको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार