free website hit counter

धुर्मुस भन्छन्, कुञ्जना तिमीले विश्वासको पर्खाल लगायौ

beemaadmin
२०७७ असार १६, मंगलवार

काठमाडौं । आज कलाकार कुञ्जना घिमिरे (सुन्तली) को जन्म दिन । जन्मदिनको अवसरमा उनका पति तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) शुभकामना व्यक्त गर्दै लेखेका छन, प्रिय कुन्जना ! जन्मदिनको हार्दिक शुभकामना !! मेरो जीवनमा तिम्रो आगमनले सदैव खुसी ल्याएको छ । तिमी मेरो लागि माया, छहारी र आँट हौ । तिमीले मेरो जीवनमा इँटा हैन विश्वासको पर्खाल लगायौ । दुस्ख छेक्ने छानो छायौ । ममताको चौतारी बनायौ र परिवारको जग बसायौ ।
तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ । तिम्रा जीवनका आगामी दिनहरू अझ सुखद् बनुन् । तिमीबाट प्राप्त प्रेमको यो नदी अनवरत बगिरहोस् । फेरि पनि शुभकामना !

सम्बन्धित समाचार