free website hit counter

धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्ने

beemaadmin
२०७९ असार २८, मंगलवार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार लघुवित्तलाई आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा यसअघि नै तोकिसकेको छ ।
वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार