free website hit counter

नबिल बैंकले कमायाे ६ अर्बभन्दा बढी नाफा 

beemaadmin
२०८३ बैशाख १५, मंगलवार

काठमाडाैं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकले सो अवधिसम्ममा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि र इम्पेरमेन्ट चार्जमा कमी आएपछि बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो।

तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ २ पैसा पुगेको छ, जुन गत वर्ष सोही अवधिमा २५ रुपैयाँ ५ पैसा रहेको थियो। साथै, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको लाभांश वितरण क्षमतामा सुधार भएको संकेत गर्छ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको छ। हाल बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार