free website hit counter

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, १००ः३५ स्वाप रेसियो

beemaadmin
२०७८ असार ६, आईतवार

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको १०० बराबर ३५ को शेयर स्वाप रेसियो लाई स्वीकृति दिएको छ । अब युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर पाउने छन् । त्यस्तै, त्यस्तै, सभामा प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पछि नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार