free website hit counter

नयाँ वर्षसँगै उकालो लाग्यो सुन

beemaadmin
२०७८ बैशाख ३, शुक्रबार

काठमाडौं । २०७७ सालको बिदाईसँगै उकालो लागेको सुनको मूल्य नयाँ वर्षमा पनि माथि नै लागिरहेको छ । वैशाख ३ गते, शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ। यस दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। साताभरमा सुन तोलामा ६०० रुपैयाँले बढेको छ। अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। महासंघको तथ्यांकका अनुसार त्यसपछि भने सुन निरन्तर वृद्धि भएको देखिन्छ। शुक्रबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
यस साता चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ। चैत २७ गते, शुक्रबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँ तोकिएको थियो। त्यसयताका कारोबार दिनमा चाँदीको भाउमा सामान्य उतारचढाव देखिएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार