free website hit counter

नवनियुक्त अध्यक्षका यस्ता छन् प्रतिवद्धता

beemaadmin
२०७८ कार्तिक १३, शनिबार

काठमाडौं । दक्ष व्यक्तिले नेतृत्व सम्हालेपछि सफलता हात पारेरै छाड्छन् । यहाँ त राम्रालाई होइन हाम्रालाई च्याप्ने प्रवृत्तिले सरकारी नियुक्तिहरु बदनाम भएका छन् । सम्भावना बोकेको नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सरकारले डा रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ । घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक समेत हुन् । बीमा समितिको अध्यक्ष हुन नसकेका घिमिरेलाई नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बीमालाई आफ्नो दक्षताको अधिकतम प्रयोग गरी नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
नवनियुक्त अध्यक्ष डा रविन्द्र घिमिरेले विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिसकेका छन् । कम्पनीलाई नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्टिय अभ्यासलाई आत्मसात गर्दै एक दिगो सबल र विश्वासनीय तथा विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष घिमिरेले नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्टिय अभ्यासलाई आत्मसात गर्दै एक दिगो सबल र विश्वासनीय तथा विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने बताएका छन् ।

यसैबीच, नव नियुक्त अध्यक्ष घिमिरेले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैंठकले घिमिरेलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रममा बीमा कम्पनीका दुई सञ्चालक मदन पोखरेल र नवराज मुडवारीको उपस्थिति थियो । त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीको उपस्थिति थियो ।

सम्बन्धित समाचार