free website hit counter

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्दै प्रिमियर इन्स्योरेन्स

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर प्रिमियर इन्स्योरेन्सले बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नेको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
कम्पनीले बिक्री गर्न लागेको शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले प्रति कित्ता न्यूनतम एक हजार ७५० रुपैयाँमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।
शेयर खरीदका लागि माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्नेछ भने न्यूनतम १०० कित्ता तथा अधिकतम सबै शेयरका लागि आवेदन गर्न सकिनेछ।
बोलपत्र आवेदन फाराम ग्लोबल आईएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय, नक्साल र ग्लोबल आईएमई बैंकको विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल मिलनचोक, सुर्खेत र धनगढीमा प्राप्त गर्न सकिनेछ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार