free website hit counter

नाफामा छलाङ मार्दै प्राइम लाइफको यात्रा

beemaadmin
२०७६ माघ २४, शुक्रबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ७२ प्रतिशतले वृद्धि गरी मा १५ करोड ६० लाख पुर्याएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.३८ प्रतिशत अर्थात ६ करोड ५५ लाख रुपैयाँ बढी हो। कम्पनीको खुद बीमा शुल्क ३५ करोड ८२ लाख रुपैयाँ बढेर १ अर्ब ५८ करोड पुगेको छ। २ अर्ब ७९ लाख चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १० अर्ब १३ करोड ५४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले ८ अर्ब ५२ करोड १६ लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब ४० करोड ६४ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब ९ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १ हजार ३८७ दाबीबापत ३४ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४६ दाबीबापतको १ करोड ६० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

सम्बन्धित समाचार