free website hit counter

निफ्राको आईपीओ आज प्रिअलोटमेन्ट, माघ १६ गते बाँडफाँड

beemaadmin
२०७७ माघ १४, बुधबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरेको प्राथमिक सेयर (आईपीओ) को प्रिअलोटमेन्ट माघ १४ गते बुधबार हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार माघ ६ गते निष्काशन बन्द भएको कम्पनीको आईपीओको प्रिआलोटमेन्ट आज हुने भएको हो ।

क्यापिटलका म्युचुअल फण्ड एक्टिङ हेड पोष्कर बस्नेतले विकासन्युजलाई दिएको जानकारी अनुसार मंगलबारसम्म सेयर आवेदन भेरिफाइ गरि सकेर बुधबार प्रिअलोटमेन्ट गर्ने तयारी भइरहेको छ । त्यस्तै, आगामी शुक्रबार अर्थात माघ १६ गते सेयर बाँडफाँड गर्ने योजना भएको उनले बताए । बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म निष्काशन गरेको आईपीओमा इतिहासकै बढी आवेदन परेको छ ।

Advertisement
Advertisement

क्यापिटलले दिएको जानकारी अनुसार आईपीओमा कूल १५ लाख २९ हजार ४६० जना आवेदकले कूल १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता सेयर अर्थात १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रूपैयाँ बराबरको आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा २।३९ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेको थियो ।

Advertisement
Advertisement

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।  बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।

सम्बन्धित समाचार