free website hit counter

निरन्तर तेस्रो दिन पनि घट्यो नेप्से

beemaadmin
२०८० फाल्गुन ८, मंगलवार

काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक १.७६ अंक घटेर २०३३.०६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ। नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि घट्दो क्रममा रहेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७७ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१४ स्टकको ७६ हजार ८०३ पटकको कारोबारमा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको ९३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य ८.२७ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, किसान लघुवित्तको शेयरमूल्य यस दिन ७.७१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन साना किसान विकास लघुवित्तकोे १२ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन बढेको हो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार