काठमाडौं । अर्थतन्त्रले विस्तारै लय समाउँदै अघि बढेको छ । वित्त बजारमा आकर्षण बढेको छ भने बजार पनि विस्तार भइरहेको छ । विगतदेखिनै अर्थतन्त्र धरायी बने पनि बीमा व्यवासयमा भने खासै असर देखिएको छैन । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका छन् । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा शिखर इन्स्योरेन्सको बजार हिस्सा १३ प्रतिशत हो । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको ११ प्रतिशत बजार हिस्सा रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा १० प्रतिशत रहेको छ । यता, हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ९ प्रतिशत रहेको छ । आइजिआइ प्रुडेन्सियल इन्सयोरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ८ प्रतिशत रहेको छ । नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ७ प्रतिशत हो । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत रहेको छ । सानिमा जिआइसीले २ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत हो । एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत हो । ओरिएण्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ५ प्रतिशत हो । त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ४ प्रतिशत हो । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ३ प्रतिशत हो । नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ३ प्रतिशत हो । नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा २ प्रतिशत हो ।