free website hit counter

निषेधाज्ञासँगै बीमा समितिको यस्तो निर्देशन

beemaadmin
२०७७ भाद्र ४, बिहीबार

काठमाडौं । कोरोना संक्रमण भयावह अवस्थामा नपुगोस् भन्दै राजधानी काठमाडौं उपत्यकामा साताव्यापी निषेधाज्ञा जारी भएसँगै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पाँच बुँदे निर्देशन जारी गर्दै
सबै बीमा कम्पनीहरुलाई आज फोटो सहितको परिचय पत्र लगाएर कार्यालय आऊ–जाऊ गर्न निर्देशन दिएको छ । स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन जारी गर्दै निषेधाज्ञा अवधीमा समाप्त हुने बीमा पोलिसी आगामी भदौं १५ गतेसम्म कायम रहने र आगामी भदौं १५ सम्म बीमा शुल्क बुझाउँदा सो मा ब्याज नलाग्ने व्यवस्था गर्न समेत जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद समेत थप गर्ने निर्णय गरेको छ । बीमा समितिद्वारा आज जारी निर्देशनमा सर्भेयर, बीमा अभिकर्ताको लाईलेन्सको नविकरण गर्ने म्याद थप गरी भाद्र मसान्तसम्म कायम गर्ने र भाद्र मसान्तसम्म नविकरण गर्दा जरिवना नलिने निर्णय गरिएको छ ।
त्यसैगरी, निर्जिवन बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट समेत बीमा दावी भुक्तानीको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । साथै निर्जिवन बीमा पोलिसी निषेधाज्ञा अवधीमा समाप्त भएमा विद्युतीय माध्यमबाट म्याद थप गर्न पत्र प्राप्त भएमा त्यस्तो बीमालेख भाद्र १५ गतेसम्मको अवधी कायम गर्ने व्यवस्था मिलाउन भनेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार