free website hit counter

नेकपा कार्यदलका यी हुन् सुझाव (हेर्नुभयो पूर्ण पाठ)

beemaadmin
२०७७ भाद्र ८, सोमबार

काठमाडौं । दुई पाइलटबीचको विवादले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला आन्तरिक समस्या समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले सरकार सञ्चालनको जिम्मेवारी केपी शर्मा ओलीलाई दिएको छ भने पार्टी सञ्चालनको जिम्मेवारी अर्का अध्यक्ष प्रचण्डलाई दिन सुझाव दिएको छ ।

यसैगरी पार्टीभित्र नेताका नाममा रहेका प्रतिष्ठान वा संघ संस्था नै गुटबन्दीको माध्यम बनेको ठहर गरेको छ । गत साउन ३० गते गठित कार्यदले तयार पारेर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, पार्टीका विभिन्न नेताका नाममा सञ्चालित विभिन्न प्रष्ठिान वा संघ संस्था मध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् ।

त्यस्तै प्रतिवेदनले प्रतिष्ठानको सञ्चालन, नियमन र व्यवस्थापन गर्न एक महिनाभित्र निश्चित गर्न प्रतिवेदन दिनेगरी कार्यदेशसहित कार्यदल गठन गर्नुपर्ने ठहर गरेको छ । कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनमा सामुहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने तथा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने उल्लेख गरेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार सहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन गर्ने उल्लेख छ ।

कार्यदलकाे पूर्णपाठ यस्ताे छ

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार