free website hit counter

नेको इन्सुरेन्सद्वारा डाक्यो वार्षिक साधारणसभा

beemaadmin
२०७९ पुष २२, शुक्रबार

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको पुस २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्ने छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।७९ प्रतिशत नगद लाभांश छन्। सभाले बोनस सेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सेयर संरचनाअनुसार सञ्चालक समितिमा प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पनि अनुमोदन गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार