free website hit counter

नेको इन्स्योरेन्सको ११ लाख ९ हजार कित्ता शेयर बिक्रीमा

beemaadmin
२०८२ असार ३०, सोमबार

काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको छ। हाललाई यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार