free website hit counter

नेको इन्स्योरेन्सले पायो २५ प्रतिशत हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०८० आश्विन २, मंगलवार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ । प्राधिकरणले भदौ २९ गते पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न असोज १९ गते विशेष साधारण सभा पनि बोलाएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित सभा बोलाएको हो । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ ।नेकोको विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि असोज १० गते बुक क्लोज हुने भएकाले असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भाग लिन पाउनेछन् । नेकोको हाल चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । यस पुँजीमा २५५ हकप्रद सेयर जारी हुँदा चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार