free website hit counter

नेदरल्याण्ड्ससँग ६ विकेटले नेपाल पराजित

beemaadmin
२०८१ जेष्ठ २३, बुधबार

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। अमेरिकाको डालास, टेक्सासस्थित ग्राण्ड प्रिएरी क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको नेपाल अन्तिम ४ बल बाँकी हुँदा नै १०६ रन बनाइ अलआउट भएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए। उनले ३७ बलमा ५ चौका सहित सो रन बनाएका हुन्। त्यस्तै, करण केसीले १२ बलमा २ छक्काको मद्दतले १७ रन बनाए भने गुल्सन झाले १५ बलमा १ छक्का सहित १४ जोडेका थिए। नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले ३–३ विकेछ लिएका थिए भने पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए। १०७ रनको लक्ष्यसहित ब्याटिङ्गमा उत्रिएको नेदरल्याण्ड्सले १८।४ ओभरमा केबल ४ विकेटको क्षतिमा सो लक्ष्य प्राप्त गर्यो। नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले ४८ बलमा ४ चौका र १ छक्का सहित ५४ रन बनाइ नटआउट रहे।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार