free website hit counter

नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित

beemaadmin
२०७८ श्रावण १, शुक्रबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड दोस्रो पटक ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागेजिनले वित्तीय क्षेत्रमा उत्कृष्ट बैंकलाई वार्षिक रुपमा प्रदान गर्दै आएको यो अवार्ड निकै प्रतिष्ठित मानिन्छ । सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ । । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ । निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित इन्भेष्टमेन्ट बैंक यसअघि २०१८ मा समेत यस अवार्डबाट सम्मानित भइसकेको छ ।

सम्बन्धित समाचार