free website hit counter

नेपाल इन्भेष्टमेन्ट बैंक घुमाउँदैछ गोसाइकुण्ड

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौं । आफ्ना ग्राहकलाई समय सापेक्ष सेवा थप्दै र विस्तार गर्दै आइरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सव ग्राहकहरूसँगै मनाउन तथा ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यसहित ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू ग¥यो, जुन यसका संस्थागत मूल्यमान्यताको एक हिस्सा भएको बैंकले जनाएको छ । पहिलो योजनाअन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिटरडेबिट कार्ड तथा मास्टर कार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक अफर दिएको थियो जुन अधिकतम रु ३,४०० रुपैयाँसम्मको थियो ।

दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुण्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३,४०० को किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

Advertisement
Advertisement

साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।

Advertisement
Advertisement

बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गत वर्ष वार्षिकोत्सवकै दिन “बैंकसँगको नाता मेरो आफ्नै बचत खाता” अभियानसहितको कमिक बुक पनि ल्याएको थियो । कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्य मूल्य–मान्यता हो जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।

सम्बन्धित समाचार