free website hit counter

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा लाभांश घोषणा

beemaadmin
२०७९ कार्तिक ३०, बुधबार

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार