free website hit counter

नेपाल इन्स्योरेन्समा पोखरेल र बस्नेत नियुक्त

beemaadmin
२०७७ भाद्र १०, बुधबार

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृत तथा नायव महा–प्रबन्धक नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैंठकले रिक्त नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका हुन् ।

कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सुचना बमोजिम दरखास्त गर्न आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्य योजना प्रस्तुती तथा अन्तवार्तामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार