काठमाडौं । रोजगारीको खोजीमा रहेका युवाहरुलाई खुशीको खबर छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि रोजगारी खोलेको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै नायब महाप्रबन्धकदेखि वरिष्ठ सहायकसम्मको पदको लागि कर्मचारी आह्वान गरेको हो । कम्पनीले प्रबन्धक, नायब महाप्रबन्धक, सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायकमा योग्यता पुगेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न लागेको हो । कम्पनीले चैत २० गतेसम्म आवेदन दिने अन्तिम तोकेको छ भने डब्बल दस्तुरको म्याद २७ गतेसम्म तोकिएको छ । यसका साथै लिखित परिक्षा लोकसेवा आयेगबाट संचालन हुने कम्पनीले जनाएको छ ।