free website hit counter

नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा बोलायो

beemaadmin
२०८० जेष्ठ २७, शनिबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असार १५ गते अमृतभोग, कालिकास्थान काठमाडौंमा आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको ४।७५ प्रतिशतका दरले हुन आउने ५८ करोड १० लाख ४३ हजार ७५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । बोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि भई १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँ कायम हुने हुदाँ सोहि अनुसारको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । यस्तै सभाले नेपाल सरकार बाहेक बाहेकका संस्थागत लगानीकर्ताहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुई जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असार ७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असार ६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार