free website hit counter

नेपाल पुनर्बीमाले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

beemaadmin
२०८२ श्रावण १५, बिहीबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ । प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एंव व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा उपस्थिती बढाउन अर्थमन्त्रालयको स्वीकृत लिएर शत प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको उल्लेख छ । उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार