free website hit counter

नेपाल बङ्गलादेश बैंकले गर्यो लाभांश घोषणा

beemaadmin
२०७८ आश्विन २४, आईतवार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको ३७५ औं बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३।५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार